02Jan

धनगढीमा बालहेल्पलाइन १०९८ बारे जानकारी दिनु विद्यालय सचेतना कार्यक्रम, तथा मोबाइल बुथ संचालन

पुष १८ गते २०७८, धनगढी, कैलाली ।
बढीभन्दा बढी बालबालिकासम्म बाल हेल्पलाइन १०९८ बारेको जानकारी पुर्याउने उद्देश्यले बाल हेल्पलाइन धनगढीले विद्यालय सचेतना कार्यक्रम अघि बढाएको छ । यही क्रममा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका १० वटा सामुदायिकमा बाल हेल्पलाइनबारे जानकारी दिनुका साथै बालअधिकार बारेका पर्चा पाम्फ्लेट समेत वितरण गरिएको हो । विद्यालयहरुमा जाँदा केही विद्यार्थीहरुले घरपरिवार वा छरछिमेकमा भएका विभिन्न खाले हिंसा र दुव्र्यवहारबारे रिपोर्ट गरेको बालहेल्प धनगढीका संयोजक हरिलाल चौधरीले जानकारी दिनुभएको छ । केही विद्यार्थीमाथि यौनजन्य हिंसा समेत भएकोले विद्यार्थीको परिक्षा सकिने वित्तिक्कै, एक दुई हप्तामा नै कानूनी प्रक्रया अगाडि बढाउनुका साथै आवश्यक उद्धार कार्य अगाडि बढाउने पनि हेल्पलाइनका कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभयो । केही बालबालिकाले आत्महत्या प्रयास समेत गरिसकेको भेटिएकाले परिक्षा सकिने वित्तिक्कै मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम बालबालिकासम्म पुर्याउने योजना बारे पनि उहाँले बताउनु भयो । धनगढी उपमहानगरपालिकाको शिक्षा शाखासँगको समन्वयमा कार्यक्रम संचालन गरिएको हो । यही क्रममा बालबालिका माथि हुने विभिन्न खाले हिंसा र दुव्र्यवहार तथा बाल हेल्पलाइन १०९८ बारे जानकारी दिने उद्देश्यले धनगढी उपमहानगरका विभिन्न प्रमुख चोकहरुमा मोबाइल बुथ राखिएका छन् ।

×