असोज २४ गते २०७९, काठ्माडौं ।
बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणापत्र राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सार्वजनिक गरिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बालअधिकार अभियन्ता गौरी प्रधानले अवधारणापत्र सार्वजनिक गर्नुभएको हो । वरिष्ठ मानवअधिकारकर्मी तथा अवधारणाका परिकल्पनाकार गौरी प्रधानले बालबालिका किन राष्ट्रिय गौरव हुन् भन्ने बारेमा राष्ट्रपति भवनमा भएको कार्यत्रममा स्पष्ट पार्नुभएको थियो । यहिक्रममा राष्ट्रपति भण्डारीले बाल अधिकारको संरक्षण तथा संवर्द्धनमा राज्यका संयन्त्रहरु सक्षम, सबल, उत्तरदायी हुनुपर्न र नागरिक समाजले यसमा रचनात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । गएको अशोज ११ गते भएको कार्यक्रममा नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुका साथै राष्ट्रिय किशोरी संजाल र राष्ट्रिय किशोर संजालका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।